रुसका राष्ट्रपति दमिट्री मेदभेदेभले फ्रान्सको उत्तर-पश्चिमी भागमा पर्ने समुद्री तटवर्ती शहर दोभिरमा आयोजित आठ मुलुक समूहका शिखर सम्मेलनलाई सम्बोधन गर्दै ओमार मुआमेर एक गद्धाफिको सत्ताको बैधता हराइएको कुरा व्यक्त गर्नुभएको छ। रुसको उक्त अडान अरु सात वटा पश्चिमी मुलुकको अडान एउटै भएको हुनाले लिबियाको संकटलाई मध्यस्थता गर्न रुस इच्छुक रहेको कुरा पनि उहाँले बताउनुभएको छ।
आठ मुलुकका समूहका शिखर सम्मेलन सम्पन्न भयो। त्यसपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुसका राष्ट्रपति दमिट्री मेदभेदेभले ओमार मुआमेर एक गद्धाफिको सत्ताको बैधता हराइएको र गद्धाफिले पदत्याग गर्नुपर्ने बताउनुभयो।
फ्रान्स, अमेरिका तथा बेलायतलगायतका मुलुकहरुले गत मार्च उन्नाइस तारिखदेखि लिबियामाथि सैनिक कारवाही गरिरहेका छन्। रुसले त्यस कुराको दोषारोपण गर्दै आएको थियो। यसका साथै रुसले गद्धाफि सरकार र सरकार विरोधी पक्षबीच युद्ध विराम गर्न धेरै पटक आह्वान पनि गरेको थियो।