– प्रेमनारायण आचार्य
अर्घाखाँची १८ बैशाख । अर्घाखाँचीलाई आज देखि एक कार्यक्रमका बिच डाईक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको छ ।
नेपाल पंक्षि संरक्षण संघको आयोजना र जिल्ला पशु सेवा कार्यलय र नेपाल पारा भेटेरिनरी तथा लाईभ स्टक एसोसियसनको सहयोगमा अर्घाखाँचीलाई डाईक्लोफेनिक मुक्त जिल्ला घोषणा गरिएको हो ।
प्रकृतीको कुचीकारको रुपमा रहेको गिद्ध पशु चौपायामा प्रयोग गरिने डाईक्लोफेनेक नामक औषधीले गर्दा लोप हुन थालेको भन्दै गिद्ध संरक्षण गर्नका लागि अर्घाखाँचीलाई १४ औ जिल्लाको रुपमा डाईक्लोफेनेक नामक औषधी मुक्त जिल्ला घोषणा गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनिस्थानिय बिकास अधिकारी पुण्य बिक्रम पौडेलएकिकृत नेकपा माओवादीका सेक्रेटरी ठाकुर कुमार बिक नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य एमालेका रामचन्द्र पोख्रेल स्थानीय शान्ति समितिका संयोजक यमुना भुसाल लगायतले प्रकृतीको संरक्षणका लागी पनि गिद्ध संरक्षँण गर्नु आवश्यक रहेको बताएका थिए ।
गिद्धको संरक्षणको बारेमा कृष्ण प्रसाद भुसाल र भुपाल नेपालीले प्रकास पार्नु भएको थियो । पशु सेवा कार्यलय अर्घाखाँचीका प्रमुख लक्ष्मण प्रसाद श्रीवातपको अध्यक्षँतादुर्गा प्रसाद खनालको स्वागत मन्तव्य र सुन्दर वि क को सचालनमा कार्यक्रम सम्र्पन भएको थियो ।
अर्घाखाचीमा ५ प्रकारका गिद्ध पाईने गिद्धको बारेमा अध्यन गरिरहेका कृष्णप्रसाद भुसालले जानाकारी दिएका छन् ।
(To contact the reporter on this story: Prem Narayan Acharya in Arghakhanchi at