सुडान सरकारले हिजो अबयेइ क्षेत्रको नियन्त्रण अधिकार सम्बन्धी समस्याको समाधानमा नयाँ प्रस्ताव प्रस्तुत गरेको छ। सो प्रस्तावमा अफ्रिकी शान्ति सेनालाई सो क्षेत्रमा तैनाथ गर्ने, सुडानको दक्षिणी भाग र उत्तरी भागले सो क्षेत्रका लागि वर्तमान नेता छान्ने कुरा उल्लेख गरिएको छ।
अबयेइको कूल क्षेत्रफल लगभग दश हजार वर्गकिलोमिटर छ। सो क्षेत्र पेट्रोल श्रोतको लागि धेरै धनी छ। सुडानको दक्षिणी भाग र उत्तरी भागले सो क्षेत्र नियन्त्रण गर्ने घोषणा गरेको छ।