नेटोका प्रवक्ताले लिविया भिडन्तको समाधानमा अफ्रिकी संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ। यसका साथै उहाँले लिविया समस्याको राजनैतिक समाधानका लागि कुनै पनि प्रयासको नेटोले स्वागत गरेको पनि बताउनुभएको छ।
केही दिन अघि दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले लिवियाको छोटो भ्रमण गरी लिवियाका नेता मोआमार गद्दाफीसँग भेट-वार्ता गर्नुभएको छ। सो भेटवार्तापछि श्री जुमाले अफ्रिकी संघबाट प्रस्तुत सुझाव तथा रोडम्यापको लिविया सरकारले स्वीकार गर्नुका साथै रोडम्याप योजनाका सम्बन्धित विषयको पालना गर्न तयार रहेको बताउनुभएको थियो।
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले हिजो सम्बन्धित पक्षसँग यथाशिघ्र युद्ध विराम गरी राजनैतिक उपायमार्फत संकटको समाधान गर्न आव्हान गर्नुभएको थियो।