२३ वर्षसम्म परियोजना सचालन भएन्

– वीरेन्द्र केसी
 
अर्घाखाँची – सर्वे भएको २३ वर्ष बितिसक्दा समेत नौमुरे जलविद्युत परियोजना सचालनमा आउन सकेको छैन । काम शुरु नगर्दा परियोजना अलपत्र अवस्थामा रहेको छ । २०४५ सालमा सर्बे भई काम गर्न शुरु गरिएपनि बीचमै काम रोकिएपछि हालसम्म पुनसाचालन हुन सकेको छैन । 
 
९० पियरको डयाम्प बाँधेर २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने परियोजनाको तत्कालिन सरकारले काम गर्न नसक्ने भनि बजेट रोकिदिएकाले काम ठप्प भएको गाउँलेको भनाई छ । परियोजनाबाट विद्युत निकालेर अर्घाखाँचीसँगै छिमेकी जिल्लाहरुलाई चौबिसै घण्टा विद्युत सेवा दिने उद्देश्य रहेपनि सरकारले बजेट विनियोजन नगर्दा परियोजना अलपत्र भएको हो । जैविक विविधता पर्यावरण र पर्यटनको हिसाबले पनि यो परियोजना नेपालकै नमुना जलविद्युत परियोजना अन्तरगत पर्दछ । पंचायत कालमा सर्वे गरिएको उक्त परियोजनाको २३ वर्ष बितिसक्दा समेत निर्माण नहुँदा परियोजना जीण अवस्थामा पुगेको छ ।
 
नदीको भाव सुख्खायाम र वर्षामा पनि एउटै परिणाममा विद्युत निकाल्न सकिने विज्ञहरुले विवरण निकालेका थिए । चुनावको बेलामा उक्त परियोजना साचालन गरेर जिल्ला भरीलाई विद्युतीकरण गर्ने भनि सधै नाराको रुपमा प्रयोग गर्दै आएपनि अझैसम्म साचालन हुन सकेको छैन ।
 
पुष्पकमल दाहाल प्रधानमन्त्री छँदा भारत भ्रमणमा गएका बेला समेत परियोजनालाई भारतले उपहार स्वरुप बनाईदिने सहमती भएको थियो । तर सरकार परिवर्तनपछि परियोजना ओझेलमा परेको छ । हाल उक्त योजना साचालन गर्न सरकारले चासो दिएको छैन ।
 
जलविद्युत परियोजनाको २०४५ सालमा प्रारम्भिक अध्ययन भएको थियो । त्यतीबेला ३ महिनासम्म अध्ययन गरेको विशेषज्ञ सहितको टोलीले २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने प्रतिवेदन तयार पारेको थियो ।  अध्ययन टोलीलाई सहयोग गरेका स्थानीय जलुकेका पीताम्बर सारुलेपरियोजना साचालन गर्न डिलिङ मेसिनहरु ल्याएर चटान नाप्ने काम समेत भएको तर सरकारले परियोजना साचालन गर्न नसक्ने भनेपछि काम एक्कासी रोकिएको हो । अझैसम्म काम साचालन भएको छैन उृनले भने परियोजनाको लागि सरकारले ठुलै लगानी नगरेसम्म विद्युत निकाल्न सकिदैन सरकार परिवर्तनपछि राजनीतिले पनि यो विषय हालसम्म अन्योलमा परिरहेको छ । भारत सरकारले उपहार स्वरुप योजना बनाईदिने आश्वासनपछि थप अन्योलता भएको उनको भनाई छ ।
 
भारतले परियोजना बनाईदिएर सबै विद्युत भारतले जिम्मा लिएर स्थानीयबाट बिजुली बिक्री गर्ने माग राख्दा विवाद भएपछि योजनामा भारतले पनि हात हाल्न सकेको छैन । स्थानीय राम बहादुर सारुले अर्घाखाँची र प्युठानको सिमानामा रहेकाले दुवै जिल्ला र छिमेकी जिल्लालाई विद्युत विस्तार गर्न परियोजना राम्रो हुने बताए । परियोजना साचालन गर्न भनेर धेरै पटक हेर्न आउने जाने तर काम सुचारु हुन नसक्दा योजना अलपत्र परेपछि स्थानीय वासिन्दा निरास छन ।
 
स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले उक्त परियोजना साचालन गर्न करोडौ रुपैयाँ लगानी गर्नुपर्ने भएकाले जिल्लाको बजेट थेग्न नसक्ने भएकाले सरकारसँग पुनःसचालनको लागि माग गरिएपनि अझैसम्म कुनै जानकारी नआएको बताए ।
 

अन्य समाचारहरु