– प्रेमनारायण आचार्य
अर्घाखाँची १९ जेठ । अर्घाखाँचीको ढिकुरा धनचौर र नुवाकोट गाविसको बिद्युतीकरणकार्य ३ बर्ष सम्म पुरा नहुदा स्थानीय बासिन्दाहरु आक्रोसित भएका छन् ।
३ करोड ५० लाखमा काम गर्ने सम्झौता भएपनि काम पुरा हुन सकेको छैन । ३ बर्ष अगाडी गाडेका पोलहरु भाचिन थालेका छन् । गाँउमा गत बर्षको पुस मसान्त सम्म बिद्युतीकरण गर्ने सम्झौता भए पनि आज सम्म बिजुली नबल्दा स्थानीय बासिन्दा आक्रोपिसत भएको ढिकुराका स्थानीय सुर्यप्रसाद भुसालले बताएका छन् ।
३ गाविसका ३ हजार भन्दा बढी घरधुरीमा बिद्युत बिस्तार गर्ने जिम्मा लिएको आर। के। इन्टरनेसनल कम्पनिलाई ७० लाख भन्दा बढी रकम भुक्तानी नदिएकाले कम गर्न अफ्टारो परेको कम्पनिको दाबी रहेको छ ।
बिद्युतीकरण गर्ने गर्ने जिम्मा लिएको कम्पनिलाई सामुदायीक बिद्युतीकरण बिभागले भुक्तानी नदिएपछि काम रोकिएको कम्पनिका प्रबन्धक सागर लुईटेलले बताएका छन् ।
कम गराउन कहि कतै बाट पहल नभएको स्थानीय बासिनदाको गुनासो छ ।