काठमाडौ – छिन्नलता गीत पुरस्कार गुठीले २०६७ सालको छिन्नलता गीति पुरस्कार गीत रचनातर्फ जी शाह, सङ्गीततर्फ सचिन सिंह र गायनतर्फ सुक्मित गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । पूर्वराजा ज्ञानेन्द्रको साहित्यिक नाम जी शाह हो ।
गुठीका सभापति प्राडा वासुदेव त्रिपाठीको अध्यक्षतामा बसेको गुठीको प्रबन्ध समिति तथा साधारणसभाले गत वर्षकै युवा प्रतिभा पुरस्कार गायक प्रमोद खरेल र सविन राईलाई प्रदान गर्ने निर्णय गरेको छ ।
साङ्गीतिक क्षेत्रमा योगदान पुर्याएवापत गायक उदितनारायण झालाई छिन्नलता विशेष सम्मानद्वारा अभिनन्दन गर्ने निर्णय पनि गरेको गुठीले जनाएको छ ।