– वीरेन्द्र केसी
अर्घाखाँची – अपाङ्ग भएर हिडडुल गर्न नसक्नेहरुका लागि त्हील चियर वितरण गरिएको छ ।
जिल्ला अस्पाताल सन्धिखर्कमा दुई दिनसम्म उनीहरुको निशुल्क त्हील चेयर शिविर संचालन गरि उनीहरुलाई चयर वितरण गरिएको हो । हिडडुल गर्न नसक्ने जिल्लाको ५० जना अपाङ्गहरुलाई चेयर वितरण गरिएको ईसाई समाजका जिल्ला अध्यक्ष विष्णु परियारले बताए । आईएनएफ पोखरा र अर्घाखाँचीको ईशाई समाजले चेयर वितरणका साथै उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छ ।
अपाङ्गलाई प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनीले सामुहिक रुपमा चेयर वितरण गरे । जिल्लाका अपाङ्गको चेयर वितरण र अन्य सहयोगको लागि यो कार्यक्रममा २० लाख रुपैयाँ खर्च गरिने परियारले बताए ।