– प्रेमनारायण आचार्य
अर्घाखाँची २३ जेठ । अर्घाखाँचीको वांगला गाविसमा एचआईभी संक्रमित दम्पत्तीलाई नगद र बाख्रा बितरण गरिएको छ ।
जिल्ला एड्स समन्वय समितिले वांगला गाविसका एचआईभी संक्रमित दम्पत्ती रेमबहादुर मुखीया र निर्मला मुखीयालाई एक एक वटा बाख्रा बितरण गरिएको हो ।
सक्रमितलाई जिबीकोपार्जन गर्न सजिलो होस भनेर बाख्रा बितरण गरिएको जिल्ला एड्स समन्वय समिति अर्घाखाँचीले बताएको छ ।
आफुहरुलाई बिहान बेलुका के खाने के लाउने भन्ने समस्या उत्पन्न भैरहेको अबस्थामा बाख्रा पाए पछि घर खर्च गर्न सजिलो हुने सक्रमित निर्मला मुखीयाले बताईन । उनले बाख्रा पालेर बाख्रावाट जन्मने पाठा पाठी बेचेर घर खर्च चलाउने बताएकी छन् ।
त्यस्तै गाँउ एड्स समन्वय समिति वांगलाले उपचार र पोषणकोलागि चार चार हजार नगद रुपैया प्रदान गर्नु भएको छ ।
बाख्रा तथा नगद एक कार्यक्रमकाबिच जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीका प्रमुख चित्रप्रसाद शर्मा वाग्ले र स्थानिय बिकास अधिकारी पुण्य बिक्रम पौडेलले सक्रमित दम्पत्तीलाई हस्तान्तरण गर्नु भएको छ । बाख्रा तथा नगद पाए पछि सक्रमित दम्पत्ती अत्यन्तै खुसी भएका छन् ।