यूएईमा अर्घाखाँची बासी युवाहरु जुट्दै / अर्घाखाँची सामुहिक बचतकोष यूएईको गठन

– उमाकान्त पाण्डे गाउंले 



यूएई डेस्क – अर्घाखाँची टाईम्स – अर्घाखाँची देखी यूएईमा आई बिभिन्न पेशा ब्यवसाय मा आबद्द भई कार्यरत युवाहरु एक जुट हुन थालेका छन। प्राय जसो ब्यस्ततामा हुने ति युवाहरु साप्ताहिक शुक्रबारको बिदाको अवसर पारेर जुट्ने र मासिक रुपमा धेरथोर रकम बचत गर्ने बानी बसाल्न समेत लाग्ने भएका हुन । 

 





रोजगारीका लागि बिदेसिनु बाध्यता भए पनि त्यस बखत बचेको फुर्सदिलो समयमा चाहेमा धेरै कुरा गर्न सकिने भन्दै आफुले बचाउने केही रकम भए पनि सामुहिक बचत कोष मार्फत लगानी गर्न सके भोली जिल्लामा फर्किए पछी ठुलो फड्को मार्न सकिने उद्देश्यले युवाहरु जुटेर “अर्घाखाँची सामुहिक बचत कोष” समेत स्थापना गरेका छन। 



लामो समय सम्म अध्ययन तथा अनुसन्धान गरी “आजको बचत भोलिको सुनौलो भविश्य” अवधारणमा आधारित भई समान अधिकार एउटै  बिचार र निश्वार्थ भावनाले प्रेरित युवाहरुको गत शुक्रबार यूएईको दुबइमा सम्पन्न भेलाले “अर्घाखाँची सामुहिक बचत कोष” स्थापना गरेका हुन।

 



 

देशको राजनैतिक अस्थिरताले आर्थिक प्रगति हुन नसक्दा दैनिक रुपमा हजारौंको संख्यामा युवाहरु बिदेशिनु परेको तितो यर्थाथ लाई आत्मसाथ गर्दै आफ्नो आम्दानीको केही अंश सामुहिक रुपमा संकलन गरी आवश्यक परेको बेला सामाजिक र आर्थिक मनोबल बद्धिको लागि सदस्यहरुमाझ सहुलियत व्याजदर र निश्चित समयका लागि लगानी गर्ने उद्धेश्य सो कोषले राखेको छ। 



“अरुलाई अरुको रन्को यूएईमा कार्यरत हामी नेपाली लाई शुक्रबार कहिले आउँला र भेट्न पाइएला भन्ने चटारो’ भएका युवाहरु ले बिदेश बाट  जिल्लामा समेत सामुहिक लगानी भित्राउन पहल गर्न सामुहिक कोष स्थापना गरेका हुन।



अर्घाखाँची बाट मुग्लान गए मध्ये भारत पछी सबैभन्दा बढी दुबइमा (यूएई) रहेको मानिएको उदाहरण त यस् अघी पनि अन्य नाम बाट स्थापित  जिल्लाका अन्य स्थानिय समितीले गरेका गतिबिधीले प्रस्टाई सकेको छ। 



यसै क्रममा सबैभन्दा बढी र ठुलो शख्यामा जुटेका युवाहरुले यस् सामुहिक बचत कोष लाई एउटा नमुनाको रुपमा बिकास गरी अर्घाखाँची लाई मात्र होइन अन्य जिल्ला बाट बिदेशिका युवाहरुलाई समेत पाठ सिकाउने योजना बनाएका छन। 

 


 

भेलाले कोषको बिधान पारीत गर्दै आबश्यक अनुसार सदस्य सख्या थप्दै जाने समेत निर्णय गरेको छ। 



सो गठित “अर्घाखाँची सामुहिक बचत कोष”का संचालक एवम कार्यकारी समितीको अध्यक्षमा रविलाल खनाल(खन-५) उपाध्यक्ष त्रयमा क्रमश धुर्व केसी  सम्राट(वाङग्ला)रमेश दर्लाल,प्रकाश रायमाझी(अर्घा)छन भने सचिवमा राजु खड्का( सन्धिखर्क),कोषाध्यक्ष चिरन केसी(धारापानी),सह-कोषाध्यक्ष रामु घिमिरे (पाली), रहेका छन। समितीका सदस्यमा इश्वरी केसी (वाङ्ला),विश्वमणी दवासे (जगत-नरपानी), नेत्र केसी (धारापानी), सीता खत्री (नरपानी) रहेका छन भने सल्लाहकारमा अर्घाखाँची डट्कम् मध्यपुर्व प्रमुख उमाकान्त पाण्डे गाउंले(बल्कोट) लाई राखिएको छ। 





सो “अर्घाखाँची सामुहिक बचत कोष”मा सदस्य हुन चाहने ब्यातीले कोषको बिधान बमोजिम कर्त्यब्य पुरागरी अधिकार सहित सदस्यता लिन कोषका कार्यकारी समिती अन्तरगतका ब्यात्तिलाई संपर्क गरी सदस्य बन्न सक्ने बताइएको छ।



कोषका सबै सद्स्य तथा पदाधिकारी बाट मासिक २ सय यूएई धिराम्श करीब ४ हजार नेपाली रकम सकंलन गरी सदस्य भित्रका जो कसैलाई आबश्यकपरेको बखत समान ब्याजदरमा कोषले आर्थिक सहयोग गर्ने छ।

 


 





अन्य समाचारहरु