भारतीय आणविक भट्टीबाट मानव स्वास्थ्यमा कुनै बाधा नभएको भारतीय आणविक निगमले दाबी गरेको छ। भारतीय आणविक निगम भारत सरकारको पूर्ण स्वामित्व भएको संस्था हो। निगमले आज शनिबार जनाएअनुसार, आणविक भट्टी सञ्चालनबाट वरिपरिका जनताको स्वास्थ्यमा कुनै खराबी नदेखिएको बताएको छ।
निगमबाट जारी विज्ञप्तिअनुसार, विकिरणको निश्कासित मात्रा एकदमै नगन्य छ र यसबाट मानव स्वास्थ्यमा कुनै खराबी हुने अवस्था छैन।