– यमुना अर्याल, काठमाडौं
शत्रुको मुख हेर्न मन लागे आफ्ना दाजुभाइको अनुहार हेर्नु रे झगडा नभएमा आफ्नै घरका नारी हेर्नु रे । शत्रुको नाता हुदोरहेछ दाजुभाइमा त्यो भन्दा तगडा शत्रुको नाता हुने रहेछ बुहारी, सासु, नन्द यस्तै नाता पर्ने महिलामा । सुन्दा अचम्म लाग्न सक्छ महिलाको शत्रु महिला नै हुन्छ भन्दा । तर तीतो सत्य यही हो ।
मन्च पाएपछि भाषण गर्न मरिहत्ते गर्ने हाम्रा महिलावादी भन्न रुचाउने नारीहरु आफूले आफू सरहका नारीलाई गोडामूनी दवाएको कुरा कोट्याउन सम्म चाँहदैनन । जनमासको विचमा महिला हिंसा उत्पन्न गराउने हाम्रा पुरुषलाई कारवाही गरिनुपर्छ, महिलालाई आत्मनिर्भर गराउनुपर्छ, महिला चुलोचौकामा सीमित हुनुहुँदैन, छोरा र छोरीमा समान व्यवहार गर्नुपर्छ भन्दै मिठा कुरा फलाक्नेहरु नै महिला हिसाको प्रमुख कारक हुन । एक प्रतिष्ठित महिला जो वाहिरी रुपमा निकै सम्माननीय लाग्छ, उनको हाउभाउ हेर्दा लाग्छ उनी निकै खानदानी परिवारीकी छोरी बुहारी या सासू हुन, शिक्षित पनि भएकोले उनी निकै सभ्य लाग्छ । उनको बोल्ने कला निकै राम्रो, खचाखच भरिएको समुहबाट उनी उठेर मन्च तिर बोल्न जाँदा सबैका आँखा उनीतिरै केन्द्रित हुन्थ्ये । मिठा भाषण गर्थिन, अब हामी नारीहरु चुलाचौकामा सीमित हुनुहुंदैन, हाम्रो पनि पालो आएको छ, हाम्रा पनि आवाज समेटिनुपर्छ, हामी कुनै पुरुष भन्दा कमी छैनौ, समाजको तुष दाइजो प्रथालाई आजैका दिनदेखी निर्मूल पार्ने प्रतिवद्धता हामी सबैले गर्नुपर्छ । उनले यसो भनिरहँदा गोलवद्ध भएर बसेका महिला-पुरुष सवैले गड्गडाहट ताली बजाउथे । उनलाई देख्दा जो कोहीले पनि कल्पना गर्न सक्थ्यो आहा यस्ती आमाले जन्माएका सन्तान कती राम्रा कति अशल कति गुणी होलान, यस्ती सासू पाउने बुहारी कति भाग्यमानी होलान यस्तै यस्तै ।
तर बोलीमा र व्यहारमा हरेक कुराको तालमेल बेग्लै हुँदोरहेछ, एकदिन तिनै महिलाकी बुहारीको बिलौना सुन्ने मौका मिल्यो । सासूले भने जति दाइजो नल्याएको भन्दै रातदिन आफूलाई टर्चर दिने गरेकेा बुहारीले बताइन । बिहे गरेलगतै श्रीमान विदेश गएकोले पनि आफूले घरपरिवारबाट भनेजति सहयोग नपाएको बुहारीको गुनासो थियो । दाइजो पनि भनेजति भएन, पहिलो सन्तान नै छोरी भयो त्यसै बुहारीलाई हेप्ने सासु अझ त्यसमाथि यी कुरा भएपछि त के चाहियो र ? जति पढे लेखेका भएपनि महिलाको शत्रु महिला नै भएको उनी ठकूवा गर्छिन । बाहिर देख्दा मेरो जस्तो राम्रो परिवार कसैको छैन, सबै जना मेरी सासूको तारिफ गर्छन तर आफ्ना वास्तविक पीडा कस्लाई कहनू ? महिला भएर महिलाकै पीडा बुझ्दैनन भने यस्ता महिलालाई निर्णायक तहमा पुराउदाँ झन के काम गर्छन होला – उनी बिगत कोट्याउँदै भन्छिन । उनी जस्तै पीडा भोग्ने अर्की एक पात्र छिन । शिक्षित परिवार सबैजना सचेत, घरको माइलो छोराले बाहून खानदानकै केटी मन पारेर विहे गर्यो तर केटाकेा परिवार उपाध्य स्तरकेा केटीकेा माइती जैशी बाहुन मात्रै । जात नमिलेको भन्दै सासूले विहे भएको एक वर्ष वित्दासम्म बुहारीको हातले पकाएको खाना खादिनन् । बाहिर तिनै नारी महिला अधिकार र समानताका विषयमा निकै चर्काचर्की गफ हाँक्दै हिड्छिन । आफ्नो छोराले मन पराएर आफू समानकी केटी भित्राउँदा जात मिलेन भनेर पानी नचलाउने अगुवा महिलाले के गलार्न त समाजमा ? यी त केही प्रतिनिधि घट्नामात्र हुन । समाजमा हेर्दै जाने हो भने यस्ता घट्नाको सख्या बृहत देखिन्छ ।
खुला रुपमा यो वा त्यो गर्छौं भन्ने महिलाहरु भित्री रुपमा निकै कम मात्रै सफा देखिन्छन । महिला अधिकार र समानताका गफ दिदै हिड्ने तिनै महिला आफूले गरेका असमानाता र अन्यायप्रति मौन देखिन्छन । बुहारीलाई चुलो-चौकामा सीमित राखेर बैठक धाउने सासू वा सासूलाई गुन्यू धुन लगाएर सभा समारोह भ्याउने बुहारी दुवै यो समाजमा कलंक हुन भन्दा फरक पर्दैन । सवै नारी समान हुन भन्ने चाहन्छन, यदि साच्चिकै महिला हिंसा अन्त्यको लागि पाइला चाल्छन भने किन यस्तेा विभेद त ? महिला भइसकेपछि महिलाले नै महिलाको पीडा वुझिदनन भने पुरुषले महिला हिँसा गरे भन्दै हिड्नुको कुनै तूक छैन । महिलाको पक्षमा निकै काम गर्छौ भन्दै हिड्नेहरुको उद्देश्य स्पष्ट हुनुपर्यो, उनीहरुको भाषण र वेकारका गफ भन्दा उनको घरपरिवारको वास्तविक स्थिति राम्रो हुनुपरयो अनि पो त्यसको प्रभाव पनि सकारात्मक पर्छ ।
केही महिना अघिको घट्ना हो , आमाको रोजाईमा छोराको भव्य विवाह भयो । विवाह वेलामा दाइजो केही चाहिदैन भनियो, घरमा आउने बुहारी पढेलेखेकी भए पुग्छ भविष्यमा जागिर खान सक्ने खालकी होस केही चाहिदैन आमाको कुरालाई शिरोपण गर्दै छोराले विहे गर्यो, कमाइ गर्नको लागि हान्नियो कतारतिर । यता बुहारी घरको काम धन्दामा मात्रै सीमित भएर के गर्नु यसो काम सिक्नु पर्यो भन्दै लागी सानोतिनो कामको खोजीमा । स्नातक सकाएकी बुहारी गाउघरमा मावी स्कूलमा अर्थशास्त्र विषय पढाउने माग आयो महिनाको नौ हजार पारिश्रमिकमा । यी कुरा उसले श्रीमानलाई भन्दा पहिला सासूलाई सूनाई उसका ससूरा थिएनन । शुरुमा सासूले राम्रै जवाफ दिएकी थिइन तर रातभरमा उनको बुद्धिमा धमिरा लाग्यो उज्यालो भएपछि लागिन बुहारीलाई सराप्न । यस्ता गरिबकी छोरीलाई बुहारी बनाएर भित्राउनु नै मेरो दुर्दिन रहेछ, बुहारीको सारी धोएर घरधन्दा मैले गर्नुपर्ने ऊ चाहीँ स्कुल पढाउने रे ? कमाउनको लागि छोरो गएकै छ नी खाडी देशमा । यसलाई के को कमी छ र घरमा ? किन यो मास्टर्नी हुनुपर्यो ? भोली नै भए नभएका कुरा छोरालाई सुनाएर सासूले तामासा देखाइन । विचरा बुहारीको आत्मनिर्भर बन्ने कत्रो सपना थियो विचैमा चक्नाचूर भयो उल्टै श्रीमानले फोन गरेर झपार्न थाले, घरमा काम गर्नुको साटो के-के चाहिने नचाहिने काम गर्दै हिड्छेस् रे आमाको हेरविचार गर्नको लागि तँलाई बिहे गरेर निकै गल्ती गरेँ आमा निकै पछुताँउदै हुनुहुन्थ्यो गरिबका छोरी बिहे गर्नुहुँदैन रहेछ । पहिला दाजइजोपात केही चाहिंदैन, आत्मनिर्भर हुने खालकी भए पुग्छ भन्ने त्यही महिलाको मानसिकतामा कति चाँडै परिवर्तनका आकुराहरु टुसाए पत्तै भएन । त्यही महिला आमा समूहको नाइके भएर हिड्दा समाजमा निकै गफ हाक्ने गर्छे फेरी त्यही महिला आफनी बुहारी आत्मनिर्भर भएको देख्न सक्दिन । दाइजो र धनसम्पतिसँग आफू समानकी नारीलाई तौल्न खोज्छे । यस्तो परिपाटी धेरथोर देशका हरेक भेगमा विद्यमान छ ।
आजकालका बुहारी पनि कम छैनन् यस्ता मामिलामा । कहिले सासूको पालो कहिले बुहारीको पालो भनेझैं नयाँ नेपालमा बुहारीले सासू कजाउन थालेका छन् । काठमाडौकै एक प्रतिष्ठित परिवारभित्र सासूको बेहाल स्थिति देखेको वर्षदिन भइसक्यो । घरका छोराबुहारी नातीसम्म जागिरे छन, बाहिरी रुपबाट हेर्दा लाग्छ यो घर जतिको राम्रो घरपरिवार त कसैको पनि छैन होला तर भित्रि रुपबाट थाहा हुन्छ यस्ता पनि बुहारी हुँदारहेछन । बुहारी बुहारीको स्थानमा हुनुपर्छ सासू सासूकै स्थानमा तर यो परिवारमा सासू निरिह सासूको हालतमा छन् बुहारी भने जमानाकी राक्षसी सासू जस्ती । बुहारी देख्दा सासू डराउनुपर्ने स्थिति छ, विहान बुहारी अफिस जान हतार हुन्छ, प्राइभेट जागिर वेलैमा पुग्नुपर्ने लताकपडा लथालिग पारेर बुहारी हिड्छे उसको सबै कपडा मिलाइदिने, कतै भिजाएका कपडा रहेछन भने बेलुका बुहारी आउनु भन्दा पहिले नै धोइसक्नुपर्ने खाना पनि पकाउनुपर्ने, बुढ्यौलीको शरिर कहिलेकाँही थकाइलाग्छ भन्ने चेत बुहारीलाई छैन, आफैंले जन्माएका छोरा पनि विहे गरेपछि बुहारीले बस भन्दा बस्ने उठ भन्दा उठ्ने भइसके । बुढालाई चाँडै नै स्वर्गतिर पठाइयो आफ्नो भन्ने पनि कोही नभए जस्तो लाग्छ विलौना कहँदै थिइन सासू ।
सासू बुहारी मात्रै होइन हाम्रो समाजमा एउटी बुहारी भित्राएपछि त्यसबाट छोरा जन्मिएन भने अर्को विहे गर भन्दै छोरालाई उक्साउने आमाहरु अधिकांश छन । जानाजान एउटी नारीको भविष्य वर्वाद भइरहेको हुन्छ । एउटी श्रीमती हुँदाहुँदै घरका दिदीवहिनी आमा भाउजूहरु मिलेर अर्को विहे गर्न बाध्य वनाउछन उनीहरुलाई यो कुरा थाहा हुँदैन की हामी महिला भएर पनि आफूजस्तै महिलालको अहित सोचिँरहेका छौँ भन्ने कुरा । एउटा पुरुषकी श्रीमती छ भन्ने थाहा हँदाहुँदै अर्की महिला त्यही पुरुषसँग नजिक हुन्छे उसलाई थाहा हुँदैन की म यो व्यक्तिसँग विहे गर्नु भनेको म जस्तै अर्की नारीलाई शोषण गर्नु हो उसको भविष्य वर्वाद गर्नु हो । एउटै कार्यालयमा काम गर्ने महिलाहरुको विचमा चर्काचर्की हुन्छ । एउटी हाकिम महिलाले त्यही अफिसका काम गर्ने महिलालाई कामदारको रुपमा नहेरी नोक्करको व्यहार गर्छे । घरमा बालमजदुरको रुपमा राखिएका बालिकाहरु सबैभन्दा &am