भारतको सत्तारुढ पार्टी भारतीय कङ्ग्रेस पार्टीकी नेतृ सोनिया गान्धीले शनिबार मुम्बाईमा एक वरिष्ठ पत्रकारको हत्या गरेकोमा निन्दा गर्नुको साथै उक्त घटनाले आफू विचलित भएको बताउनु भएको छ ।
साथै उहाँले महाराष्ट्र सरकारले यस हत्या सम्बन्धमा सत्यतथ्य छिट्टै सार्वजनिक गरी हत्यारा पत्ता लगाउने र दोषीलाई कारवाही गर्नेछ भन्ने विश्वास लिएको पनि बताउनु भयो ।
मुम्बाई मिड डे पत्रिकामा कार्यरत छपन्न वर्षिय वरिष्ठ अपराध पत्रकार ज्योतिर्मोय देलाई शनिबार दिउंसो हत्याराले पाँच पटक गोलि हिर्काएको थियो ।
पत्रकार देले दुई दशक अघिदेखि अपराध सम्बन्धमा रिपोर्टिङ्ग गर्दै आएको थियो र साथै जिरो डायल र खल्लास शिर्षकमा दुई पुस्तक पनि लेखेका थिए ।