– प्रेमनारायण आचार्य
यूएई डेस्क – अर्घाखाँचीको ठाडा गाविसको एक जंगलमा रहस्यमय अबस्थामा एक युबतीको शब फेला परेको छ।
घरवाट १२ दिन देखि हर्राईरहेकि ठाडा गाविसको वाड नं ५ खुम्चीकोट निवासी १८ बषिर्य हरिकला बेल्वासे आज बिहान जंगलमा मृत अबस्थामा फेला परेकि हुन् ।
घटनाको प्रकृति हेर्दा मृतक हरिकला बेल्वासेलाई कसैले हत्या गरेर फालेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ।
शबलाई पोष्टमाटमकालागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिदै छ।शबको बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।