नियम खारेज भएपनी विज्ञापन यथावत: प्राईभेट एसएलसी परिक्षा

– कृष्ण खनाल

 
बुटवल ३० जेठ    । कतै तपाई एफ एम रेडियो पत्रपत्रीका तथा टेलिभिजन हेर्दे हुनुहुन्छ र कक्षा ८ पास वा  २ बर्ष यता एस एल सी दिएर बस्नु भएको छ भने प्राईभेट एस एल सी का विज्ञापनमा आँखा जान सक्दछ । 

 पाँच मात्र विषयहरु पढे मात्र हुने अङग्रेजी र गणित विषय बढ्नै नपर्ने तथा ग्यारेन्टीका साथ एस एल सी पास गरिदिने भन्दै अहिले पनी विभिन्न संाचार माध्ययम हरुमा विज्ञापन आईरहेका छन । 

 तर ख्याल गर्नुहोस नेपाल सरकारले शिक्षा नियमावली २०२८  लाई परिमार्जन गरेर यस बर्ष देखि प्राईभेट एस एल सी खारेज गरेको छ । तर अहिले सम्म  प्राईभेट एस एल सी दिलाउने भन्दै धमाधम संाचार माध्ययममा  विज्ञापनहरु  आईरहेका छन ।  यसरी एकातर्फ सरकारले  प्राईभेट एस एल सी परिक्षा खारेज भएको समचार आउने र आर्कोतर्फ प्राईभेट एस एल सी ग्यारेन्टीका  साथ पास गराउने भन्दै विज्ञापन  आएको कारण विद्यार्थिहरुमा अन्यौलता छाएको छ ।   प्राईभेट एस एल सी खारेज भएको करिव २ हप्ता वित्न लाग्दा समेत यस्ता प्रकारका विज्ञापन आउन रोकिएको छैन । 

जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी  चन्द्रकान्त भुषाल ले सरकार ले केन्दिय कार्यालय को निणर्यबाट नै  यस बर्ष देखि प्राईभेट एस एल सी खारेज गरेको जनाकारी दिए  । कक्षा ८ पास गरेर पढाई छाडेका  तथा कम्तिमा पनी २ बर्ष एस एल सी परिक्षा  नदिई बसेका विद्यार्थिहरुले  जिल्ला शिक्षा कार्यालय बाट उपलब्ध प्राईभेट एस एल सी फारम भरेर एस एल सी दिन पाउने व्यवस्था सरकारले खारेज गरेको छ । यहि जेठ २० गते गते शिक्षा नियमावली लाई  संशोधन  गरेर सरकारले खुल्ला विद्यालय बाट एस एल सी दिन पाउने व्यवस्था गरेको थियो । सरकारले प्राईभेट एस एल सी खारेज गरेको भए पनी विभिन्न संाचार माध्यममा आएको विज्ञापनको कारण प्राईभेट एस एल सी दिन चाहाने विद्यार्थिहरु अन्यौलमा परेका छन  । 

 यस बर्ष प्राईभेट एस एल सी दिनको लागी भनेर तम्तयार भएर विभिन्न ईन्च्यिुटमा धाउने विद्यार्थिहरुको संख्या पनी कम छैन । बुटवलमा विगतका बर्षहरुमा प्राईभेट एस एल सी परिक्षा दिलाउनको लागी कोचिङ कक्षा संाचालन गरेको कुशुम कोचिङ सेन्टरका संाचालक शिशिर खनालले यस बर्ष पनी  करिव २० देखि २५ जना विद्यार्थिहश्र भर्ना हुनको लागी आएको बताए । उनले भने – अहिले पनी विद्यार्थिहरु आउने गरेका छन हामिले भने प्राईभेट एस एल सी खारेज भएको ले फिर्ता पठाएका छौ । अन्य ईन्चियुटहरुले अहिले पनी आफुहरुले प्राईभेट एस एल सी दिलाउने भन्दै विज्ञापन गरिरहेको कारण समेत विद्यार्थिहरु आउने गरेको कोचिङ सेन्टरका संाचालक हरुको भनाई रहेको छ । 

त्सैले विद्यार्थिहरुमा रहेको अन्यौलता हटाउनको लागी  सम्बन्धीत कार्यालय वा ईन्सीच्युट हरुले अविलम्ब ति विज्ञापनहरु प्रसारण तथा प्रकासन बन्द गराउनु पर्ने सरोकार बालाको भनाई रहेको  छ ।