पत्रकार आक्रमणको विरोधमा प्रशासनमा धर्ना


 

– शोभाखर पंथी

 

अर्घाखाँची – विराटनगरका पत्रकार खिलानाथ ढकाल माथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आज जिल्ला प्रशासन कार्यालमा एक घण्टा धर्ना दिएको छ ।

 

महासंघले ढकाललाई आक्रमण गर्ने आक्रमणकारीलाई सरकारले तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने भन्दै बुधवार दिउसो १ घण्टा प्रशासनको मुल गेटमा ब्यानर राखेर काम रोकी धर्ना दिएको थियो । महासंघको धर्नाका कारण १ घण्टा सम्म प्रशासन कार्यालयको कामकाज समेत ठप्प भएको थियो ।

 

धर्नापछि आयोजित कोणसभामा बोल्ने वक्ताहरुले पत्रकार माथिको आक्रमण िसंगो प्रेस स्वतन्त्रा र लोकतन्त्रको विरुद्धमा भएको आक्रमणकरीलाई पक्राउ नगरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिदै प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाएका थिए ।

 


 

कोणसभामा महासंघका अध्यक्ष शोभाखर पंथी पुर्व सभापति विष्णु भुसाल नीम बहादुर रीजाल र सचिव प्रेम आचार्यको सचालनमा सम्पन्न भएको थियो । धर्नामा अर्घाखाँची डटकमका सम्पादक वीरेन्द्र केसी सहयोगी वीसी महासंघका उपाध्यक्ष हिम बहादुर जिसी कोषाध्यक्ष ऋिषि भुसाल लगायतका जिल्लामा कि्रयाशिल पत्रकारको उपस्थित रहेको थियो ।

 

 


अन्य समाचारहरु