– प्रेमनारायण आचार्य
अर्घाखाँची ४ असार । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा आज शिरोध प्रदर्शन गरेको छ ।
बिराटनगरका पत्रकार खिलानाथ ढकाल माथी आक्रमण गर्नेलाई कारबाहि गर्नु पर्ने लगायत देशभरका पत्रकारको सुरक्षाको माग गर्दै पत्रकारहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
पत्रकारहरुको बिरोध र्याली सन्धिखर्कको मिडीयाचोकवाट शुरु भई बजार परिक्रमा गरि शान्तिबगैचामा गए र कोणसभामा परिणत भएको थियो ।
कोणसभामा पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष सोभाखर पन्थि र सचिब प्रेमनारायण आचार्यले पत्रकार खिलानाथ माथी आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल कारबाहि गरि देशभरका पत्रकारको सुरक्षाको ग्यारेन्टि सरकारले गर्नु पर्ने बताएका थिए ।