प्रमुख जिल्ला अधिकारी अर्घाखाँचीमा केशव राज घिमिरे (सूचिसहित)

काठमाडौं । गृह मन्त्रालयले शनिबार केशव राज घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सरुवा गरेको छ । शुक्रबारको मितिमा सरुवा भएका घिमिरे हाल सम्म जिल्ला प्रशासन कार्यालय बाग्लुङमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए।

उता निवर्तमान प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद घिमिरेलाई सहायक जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरुवा गरिएको छ।

उता काठमाडौंबाट एक जना अर्घाखाँचीडट्कमका सम्बाददाताले पठाएको समाचार अनुसार गृह मन्त्रालयले शनिबार ७५ उपसचिवहरू सरुवा गरेको छ । शुक्रबारको मितिमा सरुवा भएका उनीहरूमध्ये करिब ५० जना प्रमुख जिल्ला अधिकारी छन् ।

मन्त्रालयका उच्च अधिकारीहरूले सरुवा सूचीलाई शुक्रबारै अन्तिम रूप दिने प्रयास गरे पनि प्रभावशाली शक्तिकेन्द्रबाट आएका दबाब थेग्न नसकेकाले सफल भएको थिएन । शनिबार मन्त्री कृष्णबहादुर महरासहितका अधिकारीहरू एकान्त स्थानमा बसी सूची टुंग्याएको स्रोतले बतायो ।

सह सचिवस्तरका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरे लगत्तैदेखि उपसचिवस्तरका लागि मन्त्रालयमा ठूलो दबाब परिरहेको थियो । प्रभावशाली राजनीतिक दलका नेताहरूले चाहेको अधिकृतलाई आफ्नो जिल्लामा लैजाने गरेका प्रयासका कारण सरुवा प्रक्रिया लम्बिएको थियो । ‘एउटै जिल्लामा फरक नेताहरूले अलगअलग अधिकृतहरूलाई मागेपछि उपसचिवस्तको सरुवामा ढिलाइ भइरहेको थियो,’ मन्त्रालयका उच्च अधिकारीले भने ।

स्रोतका अनुसार प्रहरी मुख्यालयले आइतबार डेढ सयभन्दा बढी डीएसपीहरूको सरुवा गर्दैछ । यो फेरबदलमा डीएसपी प्रमुख रहने जिल्ला र विभिन्न निकायका ८० भन्दा बढी इन्चार्जहरू परिवर्तन हुनेछन् ।

विवरणका
लागि यहाँ क्लिक गर्नुहोस् 

     

अन्य समाचारहरु