भारत तथा पाकिस्तानले आगामी तेइसदेखि चौब्बीस तारिखसम्म पाकिस्तानको राजधानी इस्लामाबदमा विदेश मन्त्रालयका सचिवस्तरीय वार्ता पुनः आयोजना गर्ने भएका छन्। उक्त वार्तामा क्षेत्रीय सुरक्षा, द्बिपक्षीय मैत्रीपूर्ण आदानप्रदानलगायतका विविध विषयबारे छलफल हुनेछ। भारतीय विदेश मन्त्रालयले हिजो उक्त जानकारी दिएको हो।
भारतीय विदेश मामिला सचिव निरुपमा राओले पाकिस्तानी संचारमाध्यमसँगको अन्तर्वार्तामा बोल्दै दुई देशबीच विद्यमान मतेभदको समाधान गर्ने सबभन्दा राम्रो उपाय शान्ति वार्ता नै रहेको विश्वास भारतले लिएको व्यक्त गर्नुभयो।
यस वार्ताको मुख्य उद्देश्य चालू वर्षको अन्तमा आयोजना हुने दुई देशका विदेश मन्त्रीबीचको वार्ताको लागि तयारी गर्नु रहेको पनि भारतीय संचारमाध्यमले जनाएका छन्।