लिबिया सरकार तथा सरकारविरोधी पक्ष अर्थात् लिबियन विद्रोही राष्ट्रिय काउन्सिलका प्रतिनिधिबीच प्रत्यक्ष सम्पर्क तथा वार्ता हुँदैछ। उक्त जानकारी रुसी राष्ट्रपतिका लिबिया मामिलासम्बन्धी विशेष प्रतिनिधि मिखाइल मार्गेलोभले हिजो ट्युनिशियामा दिनुभएको हो।
मिखाइल मार्गेलोभले जानकारी दिनुभएअनुसार, लिबिया सरकार तथा सरकारविरोधी पक्षका प्रतिनिधिहरुले फ्रान्स, नर्वे, जर्मनी तथा ट्युनिशियालगायतका मुलुकका शहरमा अनौपचारिक सम्पर्क गर्दै छन्।