जापानको फुकुशिमा जिल्लाले हिजो जनाए अनुसार, फुकुशिमा जिल्लामा बसोबास गर्ने बीस लाख नागरिकहरुमाथि स्वास्थ्य सर्वेक्षण गरिनेछ। जसबाट फुकुशिमा दाइचि आणविक उर्जा केन्द्रको अणुधर्मी तत्व चुहिएको घटनाबाट बासिन्दाहरुको स्वास्थ्यमा के-कति असर परेको छ सो बारे जानकारी हुने छ ।
पूर्वनिधारित योजना अनुसार, फुकुशिमा जिल्लाले त्यसका सम्पूर्ण नागरिकहरुलाई सर्वेक्षणको फर्म वितरण गरी गत मार्च एघार तारिखमा गएको विनाशकारी भूकम्प तथा आणविक घटनापछि उनीहरुको यात्राबाट पनि ठोस जानकारी लिनेछ। जसबाट उनीहरुमा बाहिरबाट आएको विकिरणको मात्रा हिसाब गर्नसकिनेछ।
फुकुशिमा जिल्लाले यस महिनाको अन्त्यतिर विकिरण बढी भएका क्षेत्रका करिब अठाइस हजार नागरिकहरुलाई सर्वेक्षण गर्नेछ। आगामी अगष्ट महिनामा फुकुशिमा जिल्लाका बाँकी नागरिकहरुलाई सर्वेक्षण गरिने छ।