अफगानिस्तानका राष्ट्रपति हामिद कर्जाइले अमेरिका र तालिवानले वार्ता गरिरहेको कुराको प्रमाण दिनुभएको छ।
अफगानिस्तानका राष्ट्रपतिले अमेरिका र तालिवानबीच सम्पर्क भएको स्वीकार गर्नुभएको यो पहिलो पटक हो। श्री कर्जाइका अनुसार तालिवानसँगको वार्ताको क्रममा अफ्गानिस्तानको छिमेकी मुलुकको रुपमा पाकिस्तानको निकै महत्वपूर्ण भूमिका रहेको छ र यस भूमिकालाई जोड दिनुपर्दछ।
यसअघि अफ्गानिस्तानको तालिवानले सधैं नै विदेशी फौज अफ्गानिस्तानबाट हट्नुपर्ने पूर्वाधार लिएर सरकारद्बारा प्रस्तुत शान्ति वार्ता सम्बन्धी निर्णयलाई अस्वीकार गर्दै आएको देखिन्छ।