काठमाडौ – विश्वका सर्वाधिक असफल राष्ट्रको सूचीमा नेपालले सामान्य
प्रगति गरेको छ । सन २००९ मा २५ औं स्थानमा रहेको नेपालले सन २०१० मा आफ्नो
वरियतामा एक स्थान सुधार गरेको छ ।
जन्म, मृत्यु दर र शरणार्थी,मानव अधिकार, शान्ति सुरक्षा,आर्थिक विकास तथा
आन्तरिक हस्तक्षेप लगायत १० क्षेत्रमा भएका प्रगतिका आधारमा विश्व प्रसिद्ध द फोरेन
पलिसी म्यागजिनले १ सय ७७ राष्ट्रमा गरेको अध्ययनका आधारमा वरियता निर्धारण गरेको
हो ।
अध्ययनका अनुसार दक्षिण एसियाली राष्ट्रहरु आफगानिस्तान,बंगालदेश र श्रीलंका
नेपाल भन्दा अगाडि छन् । अफि्रकी मुलुकरु सर्वाधिक असफल राष्ट्रको सूचीमा
अग्रस्थानमा छन् ।
यसपटक पनि सोमालिया सबैभन्दा बढी असफल राष्ट्रमा गनिएको छ ।
सुडान,जिम्बावे,कंगो लगायत अफि्रकी मुलुक सो सूचीमा आगाडि छन् । द्वन्द्व ग्रस्त
आफगानिस्तान र इराकको स्थितिमा केही सुधार आएको छ । फिनल्याण्ड विगत झैं यसपटक पनि
सर्वाधिक सफल राष्ट्रको रुपमा रहेको छ ।
नर्वे,स्विडेन,स्विट्जरल्याण्ड र डेनमार्क
सफल राष्ट्रको सूचीमा अगाडि छन् ।
Alert
|