लन्डनको “रेल-मार्ग,जल-मार्ग र ढुवानी मजदूर संघ”ले उन्नाइस तारिख राति नौ बजेबाट छ घण्टासम्म भुइँ रेल सञ्चालन बन्द गरेका थिए।
थाहा भए अनुसार व्यवस्थापन पक्षले एक भुइँ रेल चालकलाई नोकरीबाट निकालेको विरुद्धमा सो संघले रेल सञ्चालन बन्द गरेको हो ।
मजदूर संघ पक्षका अनुसार त्यस चालक सक्रियाताका साथ मजदूर संघ सम्बन्धीत कार्य गरेको कारण देखाई नोकरीबाट हटाएको हो।
भुइँ रेल व्यवस्थापन पक्षले “नोकरी जाँचबुझ परिषद”सम्बन्धी नियमबमोजिम तुरुन्तै रुपमा यस घटनाको छानबीन कार्य गरी सजाय दिने बताएको छ।