अर्घाखाँचीमा अब चौबिसै घण्टा विजुली

 
 – वीरेन्द्र केसी
 
अर्घाखाँची – प्युठानको झिमरुक जलविद्युत परियोजनाबाट उत्पादन हुने विद्युत सदरमुकाममा जडान भएपछि बुधवार देखी जिल्ला लोडसेडिङ मुक्त भएको छ ।
 
सन्धिखर्कसँगै विद्युत पुगेको ३५ गाविसमा अब चौबिसै घण्टा विजुली भएपछि जिल्लावासीमा खुसियाली छाएको छ । कहिल्यै लोडसेडिङ नहुने झमरुक परियोजनाले अर्घाखाँचीमा विजुली जडान गरिदिएपछि बुधवार देखी लोडसेडिङ मुक्त जिल्ला घोषणा गरिएको छ ।
यस अघिसम्म जिल्लामा  बुटवल पावर हाउसबाट सन्चालित विद्यूतमा हप्तामा दुई दिन लोडसेडिङ भएपनि पाल्पा गुल्मी र जिल्लाका विभिन्न स्थानमा विग्रदा दिनहँु जसो विद्युत अवरोध हुदै आएको थियो । बुधवार देखी जिल्लामा झिमरुकको विद्युत जडान भएको छ विद्युत प्राधिकरण अर्घाखाँची शाखा प्रमुख नवल किशोर गोईतले भने अब चौबिसै घण्टा विजुलीको सुविधा भएको छ । उक्त परियोजनाबाट उत्पादित १२ मेगावाट मध्ये अर्घाखाँचीमा थ्रीएमभीए विजुली दिएको गोईतले भने अर्घाखाँचीका ४२ वटै गाविसमा विद्युत विस्तार गर्न चाहिए जति विजुली दिने आश्वासन पनि दिएको छ ।
सदरमुकाम सहित गाउँमा गरि हाल १७ हजार १ सय ६५ ग्राहकको घरमा चौबिसै घण्टा विजुली भएपछि खुसियाली छाएको उनले बताए । अब पहिलेको जस्तो हिनहँु विद्यत अबरुद्ध हुदैन लाईन काटनु पर्ने भए ग्राहकलाई पुर्व सुचना दिईने उनले बताए । २०४८ सालमा जिल्लामा झिमरुककै विद्युत जडान भएपनि द्धन्द्धको बेला माओवादीले झिरुकको मुख्य पावर हाउस र सन्धिखर्कको टान्सफर्मरमा आक्रमण गरि  जलाएर ध्वस पारेपछि जिल्लाका सबै गाविससँगै गुल्मीसम्म विस्तार गर्ने योजना अलपत्र परेको थियो । सन्धिखर्कमा पुनः विद्युत जडान गरिदिन भनि झिमरुक परियोजनालाई आग्रह गरेको चार वर्ष पछि विद्युत जडान भएको छ ।

करिब २ करोडको लगानी मध्ये जिल्ला विकास समिति अर्घाखाँचीको ३० लाख रुपैयाँ जडानको लागि खर्च लागेको थियो । दैनिक विद्युत अवरोधले उद्योग व्यावसाय खोलेका उद्योगपतिहरु पनि बुधवार देखी झिमरुक परियोजनाको विजुली जडान भएको खबरले खुसी हुदै बन्द भएका साना उद्योगहरु पुनःसन्चालन गर्ने तयारीमा छन ।

चौबिसै घण्टा विजुली भएपछि जिल्लामा उद्योग व्यावसाय पनि फस्टाउँदै जानेछन उद्योग वाणिज्य संघका सचिव नेत्र भुसालले भने उद्योगी व्यापारीहरुलाई ठुलो फाईदा पुग्नेछ । डाईनेष्टिक कम्पनीले जिल्लाको नरपानीबाट उत्खनन गरेको चुनढुगा जिल्लाकै ठाडाको डोहॊटेमा सिमेन्ट उद्योग सन्चालन गर्ने भनेपनि अनियमित विद्युतको कारणले सन्चालन हुन नसक्दा चुनढुगा कपिलवस्तु लैजाने गरेको छ । अब अर्घाखाँचीमा चौसिबै घण्टा विजुली भएपछि डोहेटेमा थ्री फेसको विद्युत जडान गरि तत्काल उद्येाग सन्चालन गर्ने तयारीमा रहेको कम्पनीले जनाएको छ ।

अन्य समाचारहरु