विश्व बैंकद्वारा बीस मुलुक समूहसँग खाद्य-पदार्थको संकटको सामना गर्न कदम चाल्न आह्वान्

विश्व बैंकका गभर्नर रोबर्ट जोलिकले हिजो अन्तर्राष्ट्रिय खाद्य-पदार्थको मूल्य उतार चढाव भइरहेको यस अवधिमा बीस मुलुक समूहले विकासोन्मुख मुलुकका सर्वसाधारणलाई प्रभावकारी ढङ्गले उक्त चुनौतिको सामना गर्न सहयोग गर्नका लागि उचित कदम चाल्नुपर्ने कुरा व्यक्त गर्नुभएको छ।

सोही दिन विश्व बैंकद्वारा सार्वजनिक एउटा वक्तव्यमा श्री जोलिकले खाद्य-पदार्थको मूल्य उतार चढाव भइरहेको कुरा विकासोन्मुख मुलुकका सर्वसाधारणको सामु देखापरेको सबैभन्दा ठूलो समस्या भएको जसबाट धेरै मुलुकका विपन्न सर्वसाधारणलाई ठूलो चुनौति दिएको जनाउनु भयो।

सन् 2050 सम्म विश्वको खाद्य-पदार्थको उत्पादन मात्रा 70 प्रतिशतले बृद्धि गराउनका लागि विभिन्न मुलुकले कृषि उद्योगको अनुसन्धानको पक्षमा लगानी बढाउनुपर्ने कुरा पनि उहाँले बताउनुभएको छ।