अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गर्दै आउने महिनादेखि अफ्गानिस्तानबाट सेना हटाउने र यस वर्षको ग्रीष्म ऋतुको अन्तअघि त्यहाँ तैनाथ करिब तेंतीस हजार अमेरिकी सैनिकलाई हटाउने कार्य सम्पन्न गर्ने बताउनु भएको छ। त्यस अवधिमा अफ्गानिस्तानमा रहेको अमेरिकी सैनिक शक्ति श्री ओबामाद्बारा सन 2009को अन्तमा घोषणा गरिएको सेना थप गर्ने योजनाअघिको अवस्थामा फर्कने छ।
नेटोका महासचिव एन्डर्स फोग रास्मूसेनले आज 23 तारिख एउटा वक्तव्य प्रकाशित गर्दै श्री ओबामाको उक्त निर्णय अफ्गानिस्तानको परिस्थितिको विकासमा एउटा “प्राकृतिक नतिजा”भएको भन्दै सन 2014को अन्तअघि अफ्गानिस्तानको राष्ट्रिय सुरक्षा फौजलाई रक्षा मामिला सम्बन्धी कार्यभार हस्तान्तरण गर्ने बताउनुभएको छ।
आज फ्रान्सको राष्ट्रपति भवनले एउटा विज्ञप्ति प्रकाशित गर्दै अफ्गानिस्तानमा तैथान फ्रन्सेली सेनालाई हटाउने गति अमेरिकासँग मिल्ने जनाएको छ। बेलायती विदेशी मन्त्रीले हिजो अफ्गानिस्तानस्थित बेलायती सेनाले सन 2015अघि आफ्नो कार्यभार समाप्त गर्ने बताउनुभएको छ।