पर्सामा चट्याङ पर्दा एकजना शिक्षकको मृत्यु

पर्सा, वीरगन्ज  – पर्साको निर्मलबस्ती गाविसमा शुक्रराति चट्याङ पर्दा
एकजना शिक्षकको मृत्यु भएको छ ।

घरमा बसिरहेको अवस्थामा राति परेको चट्याङ लागि सोही गाविस(७ का स्थानीय शिक्षक
कर्णबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

चट्याङ लागि गंम्भीर घाइते भएका श्रेष्ठलाई उपचारार्थ वीरगन्जस्थित नारायणी
उपक्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दाबीच बाटोमै उनको ज्यान गएको प्रहरीले जनाएको
छ ।

उनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखिएको छ ।
श्रेष्ठ स्थानीय ओढार माविका शिक्षक हुन् । रासस