भारतमा पेट्रोलको मूल्य बृद्धि भएकोमा जुलुस

भारत सरकारले  पेट्रोल तथा प्राकृतिक ग्याँसको मूल्य बृद्धि भएको सूचना सार्वजनिक गरेको छ। यस सन्दर्भमा भारतका विभिन्न स्थानका नागरिकले सडकमा उत्रेर विरोध गरेका छन्।

भारतको राजधानी नयाँ दिल्लीमा विपक्ष पार्टी अर्थात् जन पार्टी तथा केही बाम पन्थी राजनैतिक पार्टीले ठूलो जुलुस निकालेको छ। ती प्रदर्शनकारीहरू संसद भवनको नजिकै पुग्दा प्रहरीले पानी बन्दूकद्बारा घपाएका थिए। भारतीय जन पार्टीका प्रमुख सुष्मा स्वराजले जनाएअनुसार, भारत सरकारले दश पटक इन्धनको मूल्य बृद्धि गरेको छ। यसबाट कृषक, परिवारिक महिला लगायत गरिबी समूह धेरै पीडित हुने छ। उहाँले सरकारसित पेट्रोलको मूल्य कम गर्न तथा व्यावहारिक कदम चालेर दिनानो दिन गम्भीर हुँदैआएको मुद्रास्फिती समस्याको समाधान गर्नका लागि आव्हान गर्नुभएको छ।

यसै दिन मुम्बाइ, हरियाना तथा भारतका अन्य मुख्य शहरमा पेट्रोलको मूल्य बृद्धि भएको गतिबिधिको विरोध गर्ने कार्यक्रमको आयोजना गरिएको छ।