सुरक्षा परिषद्द्वारा यमनका विभिन्न पक्षसँग संयम कायम राखी राजनीतिक वार्ता गर्न ताकिता

सँयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले  एउटा वक्तव्य प्रकाशित गर्दै यमनका विभिन्न पक्षसँग सबैभन्दा ठूलो संयम कायम राख्न तथा व्यापक शहनशीलताको राजनीतिक वार्ताको आयोजना गर्न ताकिता गरेको छ।

उक्त वक्तव्यमा सुरक्षा परिषद्ले यमनमा हाल निरन्तर रुपमा बिग्रँदै आएको सुरक्षा तथा मानवीय परिस्थितिप्रति ठूलो चासो व्यक्त गरेको जनाइएको छ।

चालुवर्षको फेब्रुअरीदेखि यमनमा सरकारविरोधी जुलुस प्रदर्शन भएर राष्ट्रपति अलि अबदुल्लाह सालेहलाई पदत्याग गर्न आग्रह गरिएको थियो। खाडी क्षेत्रको अरबेली मुलुकहरुको सहयोग समितिले मध्यस्थता गरी राष्ट्रपति सालेह तथा विपक्षीलाई समाधान प्रस्ताव पेश गरेको थियो। तथापि श्री राष्ट्रपति सालेहले यस प्रस्तावमा हस्ताक्षर गर्न तीन पटकसम्म अस्वीकार गर्नुभएको थियो।