अफ्गानिस्तानकी एक आठ वर्षीय बालिकाको आत्मघाति आक्रमणमा मृत्यु

अफ्गानिस्तानको गृह मन्त्रालयका अनुसार, अफ्गानिस्तानको दक्षिण भागको वुरुजगान प्रान्तमा रहेको एउटा प्रहरी व्यूरोमा 26 तारिखका दिन आत्मघाति बम विस्फोटन गरिएको थियो।उक्त आत्मघातिको उमेर आठ वर्ष मात्र भएको जनाएको छ। जानकारीका अनुसार, उक्त बालिका तालिवान सशस्त्रधारीबाट तालिम लिएर आत्मघाति आक्रमण गरेको हो।

प्राप्त जानकारी अनुसार, तालिवान सशस्त्रधारीले एउटा बम उक्त बालिकालाई दिई प्रहरी व्यूरोतर्फ जान माग गरेको थियो। सो बालिका प्रहरी व्यूरोको भवन नजिकै पुग्दा बम बिस्फोटन भएको र उनको ज्यान गएको थियो। यस आक्रमणमा प्रहरी हताहत भएको छैन।