सुर्खेत – मध्यपश्चिममा दैनिक रूपमा लागुपदार्थ प्रयोगकर्ता पाँचहजार
भन्दाबढी रहेको एक तथ्याङ्कले देखाएको छ ।
लागु औषधको क्षेत्रमा कार्यरत रिकभरिङ नेपालको तथ्याङ्क अनुसार मध्यपश्चिमका
सुर्खेत लगायत १५ वटा जिल्लामा दैनिक रुपमा पाँचहजार बढीले लागु औषध प्रयोग गर्छन्
।
संस्थाका मध्यपश्चिम संयोजक नयनराज रावतले यस क्षेत्रमा १२ वर्षको उमेर देखिनै
लागुपदार्थ प्रयोगमा लाग्ने गरेको बताए ।
सुर्खेत जिल्लाको सन्दर्भमा हरेक एक लाख मध्ये १० हजार युवायुवती कुनै न कुनै
प्रकारको लागु पदार्थका दुर्व्यसनी छन् ।
सुर्खेतमा लागुपदार्थ दुर्व्यसन विरुद्ध क्रियाशील आध्यात्मिक जागरण केन्द्र
(सास नेपाल), भैरव सशक्तीकरण युवा केन्द्र लगायतको तथ्याङ्क अनुसार लागुपदार्थ
दुर्व्यसनीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।
तथ्याङ्क अनुसार आधा भन्दाबढी युवायुवतीले कडा खालको लागुपदार्थ प्रयोग गर्दै
आएका छन् । रासस