नेटोको लिबियामा सैनिक कार्वाही सम्बन्धि कमाण्डर चार्लस बौचार्डले नेटोले गदाफीमाथि दिँदै आएको सैनिक दबावको निरन्तरता हुने बताउनु भएको छ।
नेटोका प्रवक्ताले अन्तर्राष्ट्रिय अपराध अदालतले लिबियाका नेता गदाफीलाई दिएको पक्राउ आदेशको कार्यन्वयन नेटोको सट्टामा उचित संस्थाले गर्नुपर्ने विचार व्यक्त गरेका छन्।
हिजै नेटोले लिबियाको राजधानीबाट पूर्व तीन सय किलोमिटर टाढाको एउटा बजारमाथि हवाइ आक्रमण गरेको र कम्तिमा आठ जना सर्वसाधारण मारिएको छ। उक्त हवाइ आक्रमणबाट त्यहाँको आधारभूत प्रबन्धमा ठूलो क्षति भएको छ।