– प्रेमनारायण आचार्य
अर्घाखाँची १६ असार । कृषि बिकास कार्यलय अर्घाखाँचीको आयोजनामा नरपानी गाविसमा कृषि अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
नरपानी गाविसको वाड नं ५ र ६ मा शिबसंकर आलु तथा तरकारी खेती समूह र प्रतीक्षा तरकारी समूहले बयबसायीक रुपमा गरेको तरकारी खेतीको अनुगमन गरिएको हो ।
नरपानी गाविसको वाड नं ५ र ६ मा गर कुल ८० जना कृषकहरुले समूहमा आबद्ध भई तरकारी खेती गरेको जगातका अगुवा कृषक ढुण्डिराज न्यौपानेले बताउनु भयो ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनबहादुर थापा जिसिको निमित्त स्थानीय बिकास अधिकारी ध्रुब गिरी कृषि कार्यलयका प्रमुख यमनारायण देबकोटा एकिकृत माओवादीका जिल्ला सेक्ेटरी ठाकुर कुमार बिक नेपाली काग्रेसका क्षेत्रिय सचिब हेमन्त बेल्वासे नेकपा एकिकृतकि केन्द्रिय सदस्य यमुना भुसाल राप्रपाका सम्सोधिन मिया पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थि सचिब प्रेमनारायण आचार्य सिक्रेड नेपालका षडानन्द जैसी लगायतको उपस्थिति रहेको थियो ।