कास्कीमा धितो राखेको जग्गा किर्ते गरी फुकुवा गरेर बेचेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ

कास्की – कास्कीमा धितो राखेको जग्गा किर्ते गरी फुकुवा गरेर बेचेको अभियोगमा
प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न अन्य चार जना भने फरार छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौडा घर
भई पोखरा, ८ नयाँबजार बस्ने ३१ वर्षीय सन्तोष पौडेल, पोखरा, १ बगर बस्ने ३३
वर्षीय कमलमान गुभाजु र स्याङ्जा फेदीखोला, ७ घर भई पोखरा १७ बस्ने वीरबहादुर
विश्वकर्मालाई पक्राउ गरिएको हो । उनीहरुलाई बिहीबार प्रहरीले पत्रकार सम्मेलन गरी
सार्वजनिक गरेको हो ।

घटनामा मुख्य दोषी ठहराइएका पौडेलले विभिन्न बैंकमा धितो प्रयोजनको लागी रोक्का
गरिएका जग्गाधनी प्रमाणपुर्जालाई किर्ते गरी रोक्का रहेको जग्गा बैकलाई कुनै सुचना
नदिई राखिएको बैकबाट रोक्का फुकुवा गरी दोस्रो बैकमा पुन जग्गा धनी प्रमाण पुर्जा
राखी ऋण निकास गरी ठगी गरेकोले पक्राउ गरी ठगी मुद्धामा प्रहरीले अनुसन्धान थालेको
छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनिहरुले मुक्तिनाथ बिकास बैकबाट ९३ लाख १०
हजार, एभेरेष्ट बैंक न्युरोडबाट ४० लाख, एभेरेष्ट बैक लेखनाथ शाखाबाट ७ लाख ५०
हजार, गरिमा बिकास बैंकबाट २५ लाख, फेवा फाइनान्सबाट ४५ लाख रुपैया गरी २ करोड
रुपैया भन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ ।