भारत तथा मलेसियाद्वारा दुई देशबीचको आर्थिक सम्झौता लागु

भारत तथा मलेसियाले दुई देशबीचको आर्थिक सम्झौता वा विस्तारित आर्थिक सहयोग सम्झौता  जूलाई 1 बाट लागु गरेका छन्। दुबै देशले आफ्नो द्वीपक्षीय व्यापार तथा लगानी वृद्धिका लागि उक्त सम्झौता कार्यान्वयन गरेका हुन्। भारत सरकारले गत बिहीबार जारी गरेको एक विज्ञप्तिमा उक्त कुरा जनाइएको छ।

भारतले आशियानसँग जनवरी 2010 मा गरेको स्वतन्त्र व्यापार सम्झौताको कारणले मलेशियाबाट बास्मती चामल, आँप, अण्डा, ट्रक, मोटरसाइकल तथा सूतीका कपडा आदिको राम्रो बजार पाउने भएको पनि विज्ञप्तिमा उल्लेख छ।