अफ्गानी प्रहरीले जनाएअनुसार, अफ्गानिस्तानको दक्षिण प्रश्चिमी भागको निम्रोज प्रान्तमा रहेको एउटा राजमार्गमा गुडिरहेको यात्रुबस विद्युतीय धरापमा पर्दा बसमा सवार 20 यात्रुको मृत्यु भएको छ भने गाडी चालक घाइते भएका छन्।
तालिवान समूहले उक्त राजमार्गमा माइन बम राखेको प्रहरीको विश्वास छ। तर हालसम्म अफ्गानी तालिवान समूहले उक्त दुर्घटनाबारे केही पनि प्रतिक्रिया दिएको छैन।
हिजो बिहान, अफ्गानिस्तानको दक्षिणी भागमा पर्ने हेल्मान्ड प्रान्तमा एउटा बम विस्फोट भएको छ। यस विस्फोटमा परी छ जना सर्वसाधारणको मृत्यु भएको खबर छ।