अछाम – अछाममा पानी पर्न केही कम भएपछि अछाममा झरेको पहिरोले पुरिएर मलाकोट
साततालीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । धारामा पानी भर्न गएका ध्रुव
विश्वकर्मा, इसारा विश्वकर्मा र रमेश विश्वकर्माको पहिरोले शनिबार बिहान पुरिएर
मृत्यु भएको छ । उनीहरु नौ देखि १३ वर्र्षका रहेका छन् । उनीहरुकी आमा गंम्भीर
घाइते भएकी छन् ।
यस्तै सर्पले डसेर अछाममै दुईजनाको मृत्यु भएको छ । दर्नागाविस पुलबजारका होटल
संचालक काभ्रेका २० वर्षीय विकास लामा र अछामको जुपु गाविस ९ की १५ वर्षीय विन्दु
भण्डारीलाई शुक्रबार राति सर्पले डसेको थियो ।