शान्ति प्रकृयाको मुख्य बाधक माओवादी भएको काग्रेसको आरोप

– प्रेमनारायण आचार्य

अर्घाखाँची १८ असार । नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्ण चन्द्र नेपालीले शान्ति प्रकृयाको मुख्य बाधक माओवादी भएको आरोप लगाउनु भएको छ । 

  उहाँले काग्रेसलाई  कुनै पनि प्रकारको सर्बसत्ताबाद स्विकार्य नहुने बताउदै ५ बुदे सहमति काग्रेसले लागु गराएरै छाड्ने बताउनु भएको छ  । 

 सबिधान सभाको म्याद  थप्ने समयमा समेत शान्ति प्रकृया निष्कर्षमा पुराउने काग्रेसको प्रमुख  माग भएकाले संिबधान निर्माण र शान्ति प्रकृयाको बिरुद्धमा हुने कुनै पनि किसिमको कार्यमा काग्रेस सहभागि नहुने र त्यस्को सधै काग्रेसले बिरोध गरिरहने बताउनु भयो । 

स्वर्गिय गिरीजा प्रसाद कोईरालाको ८८ औ जन्मजयन्तिको अबसरमा नेपाली काग्रेस अर्घाखाँचीले बिपि स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा नेता नेपालीले यस्तो बताउनु भएको हो । 

कार्यक्रममा नेपाली काग्रेस नबलपरासिका महाधिबेसन प्रतिनिधि खुमबहादुर भण्डारी रुपन्देहीका महाधिबेसन प्रतिनिधि खुमप्रसाद भण्डारी  नेपाली काग्रेस अर्घाखाँचीका महासमिति सदस्य लक्ष्मी श्रेष्ठ  जिल्ला सदस्य देबराज श्रेष्ठ  असोक श्रेष्ठ नेबिसंघ नबलपरासिका सभापति राजु पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रम नेपाली काग्रेस अर्घाखाँचीका सचिब बासुदेब  आचार्यको सभापतित्वमा सम्पन्न भएको हो ।

           

अन्य समाचारहरु