अविरल वर्षाका कारण अर्घाखाँचीका अधिकांश ग्रामिण सड्क अवरुद्ध

अर्घाखाँची – तीन दिन देखी लगातार परेको अविरल वर्षाका कारण जिल्लाका अधिकाश ग्रामिण सडक अबरुद्ध भएका छन । 

अविरल वर्षाले माथिबाट खसेको पहिरोले सडक पुर्नुका साथै तलबाट सडकको आधा भाग नै बगाएर अधिकाश सडक लगेको छ । पहिरोले सडक अवरुद्ध भएपछि तीन दिनदेखी सवारी साधन चल्न सकेका छैनन ।अविरल वर्षले कच्ची सडक भत्किने र पुरिने क्रम नरोकिएकाले ती सडक अबरुद्ध भएका हुन । जिल्लाका गाउमा जाने मुख्य र सहायक सडक नै अवरुद्ध छन भने टोलसम्म पुने नयाँ खनिएका सडक सबैजसो सडक भत्किने र पुरिने गरेको स्थानीय वासिन्दाले बताए ।

सडक अबरुद्ध भएपछि सदरमुकाम देखी ग्रामिण भेगसम्मको गाडी यात्रा टुटेको छ । सन्धिखर्कबाट जिल्लाको सबै गाविसको टोलैपिच्छे ५ सय भन्दा बढी सडक खनिएका छन ती मध्ये धेरै जसो सडक गाडी गुडन नसक्ने गरी अबरुद्ध भएको देउराली जीप व्यवसायी समितिले जनाएको छ । सबै सडकमा जीप चल्छन ।

सदरमुकामबाट गाउँमा पुग्ने सन्धिखर्क वाँगी हंसपुर गोखुगा गुल्मीको पुर्काेटद सम्म पुग्ने सडक पहिरोले पुरिदिएको छ । त्यस्तै सन्धिखर्क डेवा धनचौर सुवर्णखाल सिमलपानी धारापानी लगायतका अधिकाश गाविसमा जाने सडक भत्किएका छन । तीन दिनको झरिले सडक नराम्ररी भत्किएको समितिले जनाएको छ । अधिकाश गाविसमा जाने सडक भत्किदा आवत जावतमा कठिनाई परेको छ ।

                                                Editor Birendra KC contributed to this report.

     

अन्य समाचारहरु