अमेरिका, रुस, फ्रान्स, चीन र बेलायत यी पाँच मुलुकले “आणविक अस्त्र अप्रसार सन्धि”लाई व्यवहारमा उतारेको नतिजाको लेखाजोखा सम्मेलन गत जून तीसदेखि जूलाई एक तारिखसम्म फ्रान्सको पेरिसमा आयोजना गरिएको छ। चीनका सहायक परराष्ट्र मन्त्री ऊ हाइ लोङ्गले प्रतिनिधि मण्डलको नेतृत्व गरी त्यस सम्मेलनमा भाग लिनुभएको छ।
उक्त सम्मेलनमा मुख्यगरी उक्त पाँच मुलुकद्बारा सन् 2010 न्यूयोर्कमा आयोजित “आणविक अस्त्र अप्रसार सन्धि”लाई व्यवहारमा उतारिएको र प्रतिफलबारे छलफल गरिनुका साथै अन्तर्राष्ट्रिय निशस्त्रीकरण तथा आणविक अप्रसार प्रक्रियालाई कसरी अगाडि बढाइने भन्ने विषयबारे पनि विचार-विमर्श गरिएको छ।
श्री ऊ हाई लोङ्गले उक्त सम्मेलनमा आणविक निशस्त्रीकरण सम्बन्धमा चीनको नीतिगत अडान र चालिने सकारात्मक कदमबारे पनि प्रकाश पार्नुभयो।