इरानी सञ्चार माध्यमका अनुसार, इरान राष्ट्रिय पेट्रोल कम्पनिले केही दिनअघि चेतावनी सहीत भारतलाई अगष्ट महिनाअघि तिर्नुपर्ने बाँकी सबै रकम तिर्न आग्रह गरेको छ। नभए इरानले भारतका लागि पेट्रोलको आपूर्ति स्थगित गर्ने छ।
दुई मुलुक बीच पेट्रोलसम्बन्धी व्यवस्था मिलाउने तरिका स्पष्ट नभएका कारणले हालसम्म भारतले इरानलाई तिर्नुपर्ने बाँकी शुल्क नौ अर्ब अमेरिकी डलर पुगेको छ। इरान राष्ट्रिय पेट्रोल कम्पनिले केही दिनअघि तीन भारतीय पेट्रोल कम्पनीलाई चिट्ठी पठाएर यदि आगामी अगष्ट महिनाअघि समस्याको समाधान नगरेमा पेट्रोलको आपूर्ति नगर्ने व्यक्त गरेको मेहर न्यूज एजन्सीले हिजो जानकारी गरेको छ।
गत वर्षको डिसेम्बर महिनामा स्वदेशी व्यवसायलाई “एशिया क्लीयरिङ्ग युनिन”मार्फत इरानसँग पेट्रोल व्यवस्था मिलाउन भारतीय केन्द्रिय बैंकले निषेध गरेको थियो। त्यसैले दुई मुलुकको पेट्रोल व्यापार यस स्थितिमा परेको छ। बैकिंग, पेट्रोल आदि क्षेत्रमा दुई मुलुकका अधिकारीहरुले धेरैपटक वार्ता गरे तापनि हालसम्म समाधान गर्न सकेका छैनन्। इरान भारतलाई पेट्रोल आपूर्ति गर्ने दोस्रो ठूलो मुलुक हो। हरेक वर्ष इरानले भारतका लागि चार लाख पीपाको कच्चा पेट्रोल निर्यात गर्ने गरेको र दुई मुलुक बीच पेट्रोल व्यापारको रकम 12 अर्ब अमेरिकी डलर पुगेको छ।