रुसी राष्ट्रपति डमिट्रि मेडभेडेभद्वारा रुसले बेलारुसलाई विद्युत पुनःआपूर्ति गर्ने सन्देश

 रुसी राष्ट्रपति डमिट्रि मेडभेडेभले रुसले बेलारुसलाई विद्युत पुनःआपूर्ति गर्ने सन्देश दिनुभएको छ।

बेलारुसी विद्युत शक्ति कम्पनिले रुसलाई तिर्नुपर्ने बाँकी सबै रकम तिरिसकेको घोषणा गरेपछि श्री मेडभेडेभले उक्त सन्देश दिनुभएको हो।

चालू वर्षको फेब्रुअरी महिनादेखि यता बेलारुसले रुसी विद्युत शक्ति कम्पनिलाई तिर्नुपर्ने बाँकी विद्युत शुल्क एक अर्ब 50 करोड रुबल, लगभग पाँच करोड 35 लाख अमेरिकी डलर पुगेको छ। जून महिनाको 29 तारिखदेखि रुसी विद्युत शक्ति कम्पनिले बेलारुसका लागि विद्युत आपूर्ति स्थगित गरेको थियो। त्यसअघि रुसले बेलारुसका लागि निर्यात गर्ने विद्युतको मात्रा आधासम्म घटाएको थियो।