जंगली च्याउ खाँदा परासीका एकै परिवारका ६ जना विरामी

परासी  – परासीका एकै परिवारका ६ जना जंगली च्याउ खाँदा विरामी परेका
छन् । खेतमा रहेको सिसौमा निस्केको च्याउ ल्याइए पकाएर खाँदा नवलपरासी मनरी ४
पटनीमा एक बालक सहित परिवार छ जना विरामी परेका हुन् ।

आइतबार विहान च्याउ पकाएर खाएका सबै परिवार विरामी परेपछि उनीहरुको उपचार
परासीस्थित जिल्ला पृथ्वी चन्द अस्पतालमा उपचार भइरहेको छ ।

विरामी पर्नेमा ८ वर्षीय बालक लोलराज चौधरी, १९ वर्षीय सुनिल चौधरी, १९ वर्षीया
प्रतिमा चौधरी,४५ वर्षीय वालकुमारी चौधरी र ५० वर्षीय जंगली चौधरी रहेका छन् ।

अरुको अवस्था समान्य भए पनि बालक भन्ने अली गम्भीर रहेको अस्पतालले जनाएको छ ।