थाइल्याण्डको प्युए थाइ पार्टी अरु चार पार्टीहरुसँग मिलेर संयुक्त रुपमा नयाँ सरकार गठन

राष्ट्रिय सहमति र आर्थिक पुनः निर्माणलाई अघि बढाउनका लागि थाइल्याण्डको प्युए थाइ पार्टीले अरु चार पार्टीहरुसँग मिलेर संयुक्त रुपमा नयाँ सरकार गठन गर्ने घोषणा गरेको छ। यस पार्टी आयोजित राष्ट्रिय एसेम्बलीको तल्लो सदनको निर्वाचनमा विजयी भएको छ।

आजै प्युए थाइ पार्टी, चाट थाइ पत्ताना पार्टी, माहाचोन पार्टी, चाट पत्ताना फुआ पान्डिन पार्टी र पालाङ्ग चोन पार्टीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर संयुक्त रुपमा नव सरकार गठन गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री पदका उम्मेद्वार प्युए थाइ पार्टीकी यिङ्गलक शिनावाट्राले नव सरकार गठन भएपछिको पहिलो कार्य सहमति साकार गर्नु र दोस्रो कार्य आर्थिक विकासका लागि प्रेरणा दिनु मुख्य कुरा भएको बताउनुभएको छ।