अर्घाखाँची – विकास निमार्णका लागि विनियोजित बजेटमा माओवादीले एकलौटी गरेकोमा जिल्लामा कि्रयाशिल अन्य दलले विरोध गरेको छन ।
असार मसान्त सकिनै लाग्दा मन्त्रालयबाट काम सम्पन्न गर्न भनि जिल्लामा विनियोजित भएको झण्डै दुई करोड रुपैयाँ बजेट माओवादीले एकलौटी गरी अनियमितता गर्न खोजेको भन्दै ९ दलका नेताले सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरि आपत्ती जनाएका छन ।
जिल्लाका विभिन्न ठाउँका १० वटा कच्ची सड्क निमर्ँणको लागि भौतिक योजना तथा निमर्ँण मन्त्रालयबाट रकमान्तरको १ करोड ८४ लाख रुपैयाँको बजेटमा माओवादीले एकलौटी र मनोमानी ढंगले आफनो नीजि स्वार्थमा जिल्लाको राजनीतिक संयन्त्रलाई वेवस्ता गदै अनियमिता गर्न खोजेको सम्मेलनमा बताए । यस अघि जिल्ला विकास समितिको सर्वपक्षीय सहमतीमा बनेका उपभोक्ता समिति र जनसहभागीतामा काम सम्पन्न भैसकेका बाटोमा पुनः बजेट विनियोजन गरि माओवादी केन्द्रिय सचिवालय सदस्य एवं भौतिक योजना तथा निर्माणमन्त्री टोप बहादुर रायमाझीले पछिल्लो पटक आफनो मन्त्रालयबाट रकम छुटाएर एकलौटी ढंगले खुलोआम अनियमितता गर्न खोजेको पत्रकार सम्मेलनमा ९ दलका नेताले बताए ।
काम सम्पन्न भैसकेका पुराना बाटोमा पुनः बजेट राखी कामै नगरी करोडौ रुपैयाँ अनियमितता गरी दुरुपयोग गर्न खोजेकोमा नौ दलले आपत्ती जनाएका छन । यसरी बजेट विनियोजन गरिएको जिल्लाका छोटा तथा लामो दुरीका कच्ची सडकमा जिल्लाको डाडाँखर्क कर्नमारे ३ लाख गच्छे गैरा बेलटारी पकले ५० लाख मथुरा जावुनडाँडा अमराई खहरे ७ लाख सन्धिखर्क अर्घा हिले ५५ लाख पिपरा बडेनी कचेली मसिना हल्दे २ लाख आरुखोर आल्सामारी सितल धार्ने ४० लाख आरुखोर उपल्लो डडुवा ७ लाख चाक्ला सिद्धारा भालुवाङ १० लाख रागामारे पात्ले तल्ला हल्दे भुमिकाथान ५ लाख र पकले गोलखाडा कार्कीथान ५ लाख रुपैयाँ बजेट परेको छ ।
जिल्लामा आएको बजेटको दलको संयन्त्रलाई वेवस्ता गर्दै उपभात्तालाई जनकारी नै नदिई मन्त्रीको आडमा एकलैटी गर्न खोज्नु दलीय संयन्त्रको सहमती सहकार्यलाई भंग गर्न खोजेको उनीहरुले बताए । पत्रकार सम्मेलनमा एमाले जिल्ला सचिव दल बहादुर भटराईले काम सम्पन्न भैसकेका पुराना बाटोहरुलाई पुनः नामाकरण गरी एकलौटी सम्झौतामा प्राविधिकको मुल्याकंन नगरी एकलैटी ढंगले उपभोक्ता समिति गठन गरि रकम भुक्तानी गर्नु खुलेआम अनियमितता भएको बताए ।
शिवपुर सड्क डिभिजन कार्यालय कपिलवस्तु मार्फत एकलौटी र मनोमानी गरेर करोडौ रुपैयाँ दुरुपयोग हुन लागेको भन्दै ९ दलका नेताले बजेट रोक्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन । साथै सरकारी रकम दुरुपयोग र अनियमिता गर्नबाट रोक्न प्रधानमन्त्रीको कार्यालय अर्थ मन्त्रालय भौतिक योजना तथा निर्माण मन्त्रालय अख्तियार दुरुपयोग अनुसन्धनको कार्यालय र शिवपुर सड्क डिभिजन कार्यालय कपिलवस्तु समक्ष काग्रेस जिल्ला सचिव अधिवक्ता वासुदेव आचार्य एमाले जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य सागर केसी राप्रपा अध्यक्ष देवी बहादुर खडका माले सचिव केदार वेल्वासे राप्रपा कावा अध्यक्ष धु्रव भुसाल एकीकृत क्रान्तिकारीकी केन्द्रिय सदस्य यमुना भुसाल जनशक्ति पार्टीका अध्यक्ष वेदराज घिमिरे र जनमुक्ती पार्टीका ईन्द्र बहादुर गेलाङ्गले उजुरी दिएका छन ।
पत्रकार सम्मेलनमा काग्रेस सचिव आचार्यले दलको सहमती विना एकलौटी ढंगले बाँडिएको रकमप्रति असहमती भएको बताउँदै जनताको करबाट संकलित रकम कुनै दलका नेतालाई अनियमितता गर्ने अधिकार नभएको बताए । कसैलाई जनाकारी नदिई काम सम्पन्न भैसकेका बाटोमा पुन्: बजेट हालेर एकलौटी गर्नु खोज्नु खुलेआम मिलेमतोमा ठुलो रकम हिनामिना गर्नु हो उनले भने रायमाझी माओवादीका मात्रै नभएर देशका मन्त्री हुन । हामी सबैका मन्त्री हुन उहाँलाई जिल्लामा बजेट ल्याउनुहोस हाम्रो समर्थन छ भनेका हौ उनले भने तर एकलौटी ढंगले जिल्लाको सर्वदलिय संयन्त्रलाई जानकारी नदिई अनियमितता गर्ने प्रवृती प्रति हाम्रो समर्थन छैन जनताको पैसा खान पाईदैन । राजमोका जिल्ला सचिव थम्मन केसीले मन्त्रालयबाट आएको ठुलो रकम कसैलाई जानकारी नदिनु माओवादी पार्टीको बजेट नभएको बताउँदै जिल्लामा आएको बजेट सबैको सहमतीमा गर्नुपर्ने बताए ।
९ दलले नीजि स्वार्थका साथ सरकारी रकम दुरुपयोग गर्ने नियतले एकलौटी गरिन खोज्नु अन्तिरिम संविधा २०६३ को मर्म र भावना एवं सहमती सहकार्य विपरित भएको उजुरी पत्रका उल्लेख गर्दै भ्रष्टचार गर्न खोजिएको बजेट रोकिनुपर्ने माग गरेको छ ।
माओवादी जिल्ला ईन्चार्ज चन्द्र बहादुर खडका उज्ज्वले मन्त्रीले जिल्लामा यत्रो बजेट ल्याएपछि गाउँ-गाउँमा धमाधम काम भैरहेका छन जनता खुसी छन अब हाम्रो अस्तित्व समाप्त हुने भयो भनेर विकास विरोधी तत्व र बाँदरे प्रवृतिका नेताले विकास निर्माणका काममा अवरोध पुर् याउन खोजेको बताउँदै आक्रोश व्यक्त गरे । सबै बाटोमा राम्रो काम भएको छ उनले टेलिफोनमा भने मनोमानी ढंगले भनेर हुदैन फिल्डमा गएर काम हेरे हुन्छ । उनले बाटोमा अनियमितता गरेको र एकलौटी गरेको आरोपको खण्डन गर्दै ९ दललाई विकास विरोधी तत्व भएको आरोप लगाए । यसबारेमा शिवपुर सडक डिभिजन कार्यालयका कर्मचारीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।