– शोभाखर पन्थी
यूएई डेस्क) – अर्घाखाँची जिल्लाका विद्यालयहरूलाई मोबाइल निषेधित क्षेत्र घोषणा गरिएको छ ।
२०६७ सालको एसएलसी परीक्षाको समीक्षा र आगामी परीक्षाको सुधार विषयक एक दिने बृहत् अन्तरक्रिया गोष्ठीले विद्यालयमा मोबाइल लैजान छुट दिंदा विद्यार्थीहरूको ध्यान पढाइमा भन्दा मोबाइलमा जाने र मोबाइलका कारण विभिन्न किसिमका विकृति उत्पन्न भएको भन्दै विद्यालयलाई मोबाइल निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यस्थापन समितिका अध्यक्ष र सरोकारवालाहरूका बिचको अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले जिल्लामा एसएलसी नतिजा थोरै आउनुमा जिल्ला शिक्षा कार्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबैमा समस्या देखिएको बताउ