अर्घाखाँचीका ६ सामुदायिक वन सहित ३ विद्यालय पुरस्कृत

अर्घाखाँची – यस वर्षको उत्कृष्ट वन समुह पुरस्कारबाट जिल्लाका ६ सामुदायिक वन र वन्य जन्तु संरक्षणमा ३ विद्यालय पुरस्कृत भएका छन ।

 

वन संरक्षण प्रबद्र्धन  र सदुपयोगमा सबैभन्दा राम्रो काम गर्नेलाई जिल्ला वन कार्यालयले उत्कृष्ट पुरस्कार दिदै आएको छ । मैदान-४ को  मनकामना सामुदायिक वन उपभोक्ता समुह उत्कृष्ट समुहमा छनोट भएकाले वनका पदाधिकारीलाई प्रथम पुरस्कार प्रदान गरिएको छ । दोस्रोमा मरेङ-४ को सन्दुरामीचौर सामुदायिक वन र तेस्रोमा सिद्धाराको करनाचौर साविनी सामुदायिक वन परेका छन ।

 

 त्यस्तै डढेलो नियन्त्रणमा ठाडाको मजिरेडाँडा सामुदायिक वन प्रथम सिमलपानीको हिराखोला सामुदायिक वन र सिद्धाराको देवी देउराली सामुदायिक वन तेस्रो भएका छन । त्यस्तै राष्टपति चुरे संरक्षणमा विद्यालयमा गठन गरिएका तीन वटा वाल क्लबहरु पुरस्कृत भएका छन । जसमा सिद्धाराको जनजागृती उच्च मावि प्रथम सिमलपानीको प्रभाकर मावि दोस्रो र ठाडाको ज्योती उच्च मावि तेस्रो भएका छन ।

 

वन संरक्षणमा सघाउ पुर् याउने उद्देश्यले जिल्ला वन कार्यालयले वन समुह र विद्यालयमा बाल क्लव गठन गरेर उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्दै आएको छ । पुरस्कृत हुने सबै वन र क्लवका पदाधिकारीलाई नगद र प्रमाणपत्र दिएर पुरस्कृत गरिएको जिल्ला वन कार्यालयका सुचना अधिकारी तथा सहायक वन अधिकृत दिपक पण्डितले बताए । वन र चुरे क्षेलाई जोगाउको लागि वर्षको एक पटक राम्रो काम गर्नेलाई पुरस्कार गर्ने व्यवस्था गरिएको हो ।





Editor Birendra KC contributed to this report.


 


अन्य समाचारहरु