अफ्गानिस्तानमा तैनाथ तीन अमेरिकी फौजलाई गृष्म ऋतुदेखि अफ्गानिस्तानबाट हटाउने घोष्णा अमेरिकी सैन्य क्षेत्रले हिजो गरेको छ। अफ्गानिस्तानको दक्षिणी भाग र काबुल नजिकैमा तैनाथ यी फौजका कूल एक हजार छ सय जनालाई शरद ऋतुसम्म हटाउने जनाइएको छ।
सोही दिन बेलायतका प्रधानमन्त्री कामेरोनले एउटा वक्तव्य प्रकाशित गरेर आगामी वर्षको अन्तअघि अफ्गानिस्तानबाट पाँच सय बेलायती सैनिक हटाउने योजना बताउनुभएको छ। जसबाट अफ्गानिस्तानमा तैनाथ बेलायी सेनाको संख्या घटेर नौ हजारसम्म पुग्नेछ। साथै उहाँले बेलायती सेनाले अफ्गानिस्तानमा सैन्य विद्यालयको स्थापना गरेर तालिम दिन अफ्गानिस्तानलाई सहयोग गर्ने पनि व्यक्त गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति ओबामाको योजनाअनुसार, चालू वर्षको अन्तअघि अफ्गानिस्तानमा तैनाथ दश हजार अमेरिकी सैनिक हटाउनुका साथै आगामी वर्षको ग्रीष्म ऋतुसम्म थप 23 हजार सैनिक पनि हटाउने छ। सन् 2015अघि बेलायतले सबै फौज अफ्गानिस्तानबाट हटाउने योजना गरेको छ।