बिजुली बलेपछि ढाकावाङबासी हर्षित

– प्रेमनारायण आचार्य

अर्घाखाँची २४ असार । बिगतमा टुकी र दियालो बाली अध्यारोमा बस्न बाध्य भएका अर्घाखाँची ढाकावाङका बासिन्दाहरु पहिलो पटक बिजुली बाल्न पाउदा अत्यन्तै हर्षित भएका छन् । 

ढाकाबांग ७ का बासिन्दाहरु टुकी र दियालो बाली वर्षौ देखि बसिरहेका स्थानीय बासिन्दाहरु पहिलो पटक बिजुली बाल्न पाउदा अत्यन्तै हर्षित भएको स्थानीय बासिन्दा कुलराज खनालले बताएका छन् । 

करिब २४ लाखको लागतमा बिजुली बलेको हो । बिजुली बलेपछि बिद्यार्थीहरुको पढाई राम्रो हुने   घरमा बिजुली बाल्न  रेडियो टेलिभिजन सुन्न तथा हेर्न  कुटानी पिसानी मिल संचालन गर्ने स्थानीय बासिन्दाको भनाई रहेको छ ।

बिजुली बलेपछि ढाकावाङका करिब ६० घरपरिवार लाभान्वीत भएका छन् ।